मार्बल बोकेको लरी कटेरोमा पल्टिंदा एक जना च्यापिए, उद्धार हुँदै
![मार्बल बोकेको लरी कटेरोमा पल्टिंदा एक जना च्यापिए, उद्धार हुँदै](https://www.himalkhabar.com/uploads/posts/800X600/lari-(1)-1708663227.jpg)
मार्बल बोकेको लरी कटेरोमाथि पल्टिँदा एक जना च्यापिएका छन् भने अन्य बालबालिका पनि च्यापिएको आशंकामा उद्धार भइरहेको छ।
भारतबाट आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी मोरङको बुढीगंगास्थित नेमुवामा आज बिहान पल्टिएको हो। मूल बाटो छोडेर नहरको किनारैकिनार आइरहेको लरी पल्टिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
![lari (3).jpg](https://www.himalkhabar.com/uploads/editor/social/lari (3).jpg)
मार्बल बोकेको लरी नहर किनारको कटेरोमा पल्टिएको हो। मार्बल सहित लरीले च्यापिंदा ज्योति अधिकारी घाइते भएका छन्। उनको खुट्टा मार्बलमा च्यापिएको छ। अक्सिजन दिएर उनको उपचार भइरहेको छ।
खुट्टा च्यापिएकाले निकाल्न मुश्किल भइरहेको प्रहरीले जनाएको छ। मार्बल र लरी हटाउने प्रयास भइरहेको छ।
![lari (2).jpg](https://www.himalkhabar.com/uploads/editor/social/lari (2).jpg)
लरीमा ठूल्ठूला मार्बल छन्। जसले गर्दा निकाल्न गाह्रो भइरहेको स्थानीय बासिन्दाले बताए।
कटेरोमा रहेका अन्य तीन बालबालिका च्यापिएको हुन सक्ने आशंकामा उद्धार जारी रहेको छ। घिमिरेकै दुई बालबालिका रहेको र एक जना छिमेकीको घरबाट आएको हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ।
उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका छन्।