भीम उपाध्याय सहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना पूर्व सचिव सहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा पूर्व सचिवहरू भीम उपाध्याय, गजेन्द्र ठाकुर र सञ्जय शर्मालाई प्रतिवादी बनाइएको छ।
मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायलाई रु.चार करोड, ठाकुरलाई रु.६० करोड र शर्मालाई रु.सात करोड बिगो माग गरिएको छ।
अख्तियारले मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्द पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई समेत प्रतिवादी बनाएको छ।
त्यस्तै, अख्तियारले चन्द्रबहादुर थापा, मणिचन्द्र न्यौपाने, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल, केदारप्रसाद अर्याल, भोजविक्रम थापा, शिवकुमार शर्मा, परामर्शदाता इप्तिसा सर्भिसेज डी इन्जिनीयरिङ एसएल र बीईटीई कन्सल्टिङ सर्भिसेज लिमिटेड जेभी र निर्माण व्यवसायी सीएमसी डी रभेनालाई पनि प्रतिवादी बनाएको छ।
यो पनि पढ्नुहोस् : भीम उपाध्याय: बेलगाम दुष्प्रचारक
अख्तियारले विषेश अदालतमा दर्ता गरेको आरोपपत्र :