रवि लामिछाने पक्राउ
प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेलाई प्रहरी नियन्त्रणमा लिएको हो ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि लामिछाने र कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चितवन जिल्ला प्रहरी र काठमाडाैं प्रहरी परिसरकाे टाेलीले न्यूज २४ टेलिभिजनकाे कार्यालयबाटै नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले न्यू २४ टेलिभिजनको कार्यालयबाट लामिछानेसँगै युवराज कँडेललाई पनि पक्राउ गरेको छ । यसअघि कलंकीबाट नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।