राजनीतिक दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन
![राजनीतिक दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन](https://www.himalkhabar.com/uploads/posts/800X600/Election_Commission_1666855124.jpg)
निर्वाचन आयोगले दर्ता भएका राजनीतिक पार्टीलाई १५ बुँदे निर्देशन दिएको छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सबै दललाई आआफ्ना विवरण बुझाउन आयोगले निर्देशन दिएको हो। आयोगको बिहीबारको निर्णय अनुसार निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निर्देशनमा आयव्ययको हिसाबकिताब बुझाउनुपर्ने, नाम, विधान, झन्डा, छाप, चिह्न परिवर्तन भएको भए आयोगमा अद्यावधिक गर्न भनिएको छ। दलहरूले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण संकलन गर्ने र विवरण बुझाए/नबुझाएको आयोगमा जानकारी गराउनुपर्ने प्रावधान छ।
![party (1).jpg](https://www.himalkhabar.com/uploads/editor/election/party (1).jpg)
![party (2).jpg](https://www.himalkhabar.com/uploads/editor/election/party (2).jpg)
![party (3).jpg](https://www.himalkhabar.com/uploads/editor/election/party (3).jpg)