मधेश र गण्डकीमा एनसेलको फोरजी सेवामा सुधार
![मधेश र गण्डकीमा एनसेलको फोरजी सेवामा सुधार](https://www.himalkhabar.com/uploads/posts/800X600/Madhesh-1707493968.jpg)
एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा फोरजी नेटवर्क सुधार गरेको छ।
दुवै प्रदेशका ३० भन्दा बढी स्थानका ग्राहकले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्यान्डबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ। आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता बमोजिम फोरजी सेवामा थप सुधार गरिएको जनाएको छ।
अब मधेशका औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरा लगायत स्थानमा सुधारिएको सेवा पाइनेछ। त्यस्तै, गण्डकीका आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाट फाइदा लिन सकिने एनसेलले जनाएको छ।
यसअघि एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा फोरजी सेवा सुधार गरेको थियो। एनसेलले २०७४ जेठ १८ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा शुरू गरेको थियो। हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिएको छ।