शहीदलाई श्रद्धाञ्जली (तस्वीरहरू)
![शहीदलाई श्रद्धाञ्जली (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/ShahidDiwas-1706589724.jpg)
शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै आज शहीद दिवस मनाइँदै छ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ।
![422605144_3798916420339192_8438022842997712173_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/shahidDiwas/422605144_3798916420339192_8438022842997712173_n.jpg)
यसैक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आज लैनचौरस्थित शहीद स्मारक पार्कमा शहीदहरूको सम्झनामा फूल माला अर्पण गरेका छन्। प्रधानमन्त्री दाहालले आजको दिन शहीदहरूले देखेका सपना र उनीहरूको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको पनि बताए।
![422295724_892497549083123_342908689100258043_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/shahidDiwas/422295724_892497549083123_342908689100258043_n.jpg)
![422575948_923131325942014_1463030852003750564_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/shahidDiwas/422575948_923131325942014_1463030852003750564_n.jpg)
“नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्,” उनले भने।
![422544103_376033871712751_7970892183084896124_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/shahidDiwas/422544103_376033871712751_7970892183084896124_n.jpg)
![422300417_927513482323948_8246625590587875942_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/shahidDiwas/422300417_927513482323948_8246625590587875942_n.jpg)
लैनचौरस्थित शहीद स्मारक पार्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायत उपस्थित थिए।
![422258589_1617275255475789_7050930093808388954_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/shahidDiwas/422258589_1617275255475789_7050930093808388954_n.jpg)