जीबी राई र रवि लामिछानेलाई कारबाहीको माग गर्दै सहकारी विभागमा निवेदन
![जीबी राई र रवि लामिछानेलाई कारबाहीको माग गर्दै सहकारी विभागमा निवेदन](https://www.himalkhabar.com/uploads/posts/800X600/GB_Rabi-1705498551.jpg)
ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई र तत्कालीन एमडी रवि लामिछानेलाई कारबाहीको माग गर्दै युवराज सफलले सहकारी विभागमा निवेदन दिएका छन्।
सफलले दिएको निवेदनमा राई र लामिछानेले गैरकानूनी रूपमा ५२ करोड रुपैयाँ ऋण लिएको पाइएको आरोप लगाएका छन्। सहकारीमा बचत गर्ने सदस्य बाहेक अरूलाई कर्जा लगानी गर्न नपाइने सहकारी नियमलाई मिचेर ग्यालेक्सी टीभीमा ऋण प्रवाह गरिएको निवेदनमा उल्लेख गरिएको छ।
दुवै जनाबाट करीब ५२ करोड रुपैयाँको सावाँ-ब्याज सहितको हालसम्मको रकम सहकारीलाई फिर्ता गराउन पनि माग गरिएको छ। तत्काल कारबाही नगरिए कानूनी बाटोमा जाने सफलले चेतावनी पनि दिएका छन्।
![yuvraj_1.jpg](https://www.himalkhabar.com/uploads/editor/Crime/yuvraj_1.jpg)
![yuvraj_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Crime/yuvraj_2.jpg)