नखिपोटमा उधौली (फोटो फिचर)
शब्द/तस्वीरः गोपेन राई
विशेषगरी पूर्वी पहाडमा मनाइने उधौली पर्व राजधानी लगायत विभिन्न स्थानमा वसोवास गर्ने किराँत समुदायले पनि हर्षोल्लासका साथ मनाएका छन् । यी तस्वीरहरु ललितपुरको नखिपोटमा उधौली मनाइरहँदाको हो ।
हरेक वर्ष मंसीर पूर्णिमाका दिनबाट शुरु हुने उधौली पर्व चराचुरुङ्गी तथा जनावर लेकबाट वेसीतिर बसाइँ सर्ने संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशियालीमा मनाउने गरिन्छ ।
प्रकृति पुजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ ।
उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् ।
उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि पनि भनिन्छ ।