राठी एडेसिभ र आइडिया नेपालबीच सम्झौता
![राठी एडेसिभ र आइडिया नेपालबीच सम्झौता](https://www.himalkhabar.com/uploads/posts/800X600/rathi_1694168788.jpg)
राठी एडेसिभ प्रालि र इन्टेरियर डिजाइनर एशोसिएशन नेपाल (आइडिया नेपाल)बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ।
राठी एडेसिभ प्रालिले ३५ वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरका विभिन्न एडेसिभ उत्पादन गर्दै आएको छ। आइडिया नेपालले इन्टेरियर डिजाइनरको अधिकार र पहिचानको क्षेत्रमा काम गर्दै आएको छ।
“दुवैको संस्थाको उद्देश्य नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउनु हो। दुवैको उद्देश्य मेल खाएकाले सहकार्य गर्न लागेका हौं,” राठी एडेसिभ प्रालिका कार्यकारी प्रमुख योगेश राठीले भने।
यस सहकार्यले विदेशी उत्पादनको आयात कम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजानेछ। जसले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने विश्वास गरिएको छ।
राठीकोल नेपालको ब्रान्ड हो जसले ३५ वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरका एडेसिभहरू उत्पादन गर्दै आएको छ। राठी एडेसिभले इन्टेरियर डिजाइनरलाई सुलभ मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन देशैभरि उपलब्ध गराउँदै आएको छ।
आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादन गुणस्तरीय रहेको र त्यसको कार्यक्षेमता पनि शक्तिशाली रहेकाले काम गर्न सजिलो हुने बताए।