दुई जनाको नागरिकता रद्द गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
![दुई जनाको नागरिकता रद्द गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय](https://www.himalkhabar.com/uploads/posts/800X600/cabinet_dahal_(1)_1680529344.jpg)
झूटो विवरण पेश गरी वंशजका आधारमा लिइएका दुई जनाको नागरिकता रद्द गर्ने सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को साउन २३ गते बसेको बैठकले पर्सा र कास्कीबाट प्रदान गरिएका दुई वटा नागरिकता रद्द गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय, पर्साबाट वंशजका आधारमा लिइएको अमन चौधरी (अग्रवाल)को नागरिकता रद्द गरिएको हो।
उनले २०७७ कात्तिक २५ गते नागरिकता लिएका थिए। यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द गरेको छ। उनले २०७९ साउन २६ गते नागरिकता लिएकी थिइन्। यसमा संलग्नलाई व्यक्तिलाई पनि कारबाही गरिने भएको छ।
यससँगै मन्त्रिपरिषद्ले नेपाल राष्ट्र ब्यांकलाई पाँच रुपैयाँका दरका १५ करोड सिक्कालाई टकमरी गर्न स्वीकृति दिएको छ। बैठकले सिंहदरबारको संशोधित गुरुयोजना पनि स्वीकृत गरेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/government/cabinet/cabinet_23%20saun_1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/cabinet/cabinet_23%20saun_2.jpg)