मौसम: सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालको मौसममा पश्चिमी निम्न चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव छ।
यति वेला सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भूभागमा साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।