छात्रवृत्तिमा एमडी गरेका डाक्टरले उपत्यका बाहिर अनिवार्य सेवा गर्नुपर्ने
सरकारी छात्रवृत्तिमा एमडी गरेका विशेषज्ञ चिकित्सकले काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रूपमा सेवा गर्नुपर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै निश्चित अवधिसम्म विशेषज्ञ चिकित्सकले त्यस्तो सेवा गर्नुपर्ने बताएका हुन्।
यसअघि पनि यस्तो नीतिगत व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको थिएन।