उच्चपदस्थको सम्पत्ति छानबिन गरिने
सरकाले उच्चपदस्थ कर्मचारी र नेताको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ।
उच्चपदस्थ लगायत जोकोहीले आर्जन गरेको गैरकानूनी सम्पत्तिलाई छानबिनको दायरामा ल्याउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसैगरी सरकारले कसूरजन्य सम्पत्तिलाई अभिलेख गर्ने उल्लेख गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।