चितवनमा रामप्रसाद न्यौपानेको शुरूआती अग्रता
![चितवनमा रामप्रसाद न्यौपानेको शुरूआती अग्रता](https://www.himalkhabar.com/uploads/posts/800X600/candidate_chitwan-2_1680439920.jpg)
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत चितवन–२ मा नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले शुरूआती अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार ९७१ मत गणना हुँदा एमालेका न्यौपानेले ३६७ मत पाएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पछ्याइरहेका छन्। लामिछानेले ३१९ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले २४४ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले आठ मत पाएका छन्।
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् भने बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले शुरूआती अग्रता बनाएका छन्।