डा. रोकाले ल्याए एकैपटक कविताका ६ पुस्तक

वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाका एकैपटक कविताका ६ पुस्तक प्रकाशित भएका छन्।
डा. रोकाका १०८ पाेयम्स शीर्षकमा ६ वटा पुस्तक प्रकाशनमा आएका हुन्। एउटा पुस्तकमा १०८ वटा कविता समावेश छन्।
उनले शृङ्खलाबद्ध रूपमा कविताका पुस्तक प्रकाशित गर्दै आएका छन्। यसअघि यो शृङ्खलाका दुई वटा पुस्तक प्रकाशित भएका थिए।
कोभिड-१९ का कारण तीन वर्ष पुस्तक प्रकाशित गर्न नपाउँदा एकैपटक ६ वटा पुस्तक आएको डा. रोकाले बताए। यसपटक उनका १०८ पोयम्स’ शृङ्खलाका तीनदेखि आठ अङ्क एकैपटक बजारमा आएका हुन्।
धार्मिक तथा सांस्कृतिक रूपमा १०८ पवित्र अङ्क भएकाले आफ्नो पुस्तकमा १०८ कविता राखेको उनको भनाइ छ। उनका यसअघि प्रकाशित दुई र पछिल्लो समय आएका ६ गरी आठवटै पुस्तकमा १०८ कविता समावेश छन्।
सबै पुस्तक फिनिक्स बुकले प्रकाशन गरेको हो। यस शृङ्खलाको आठौं पुस्तकको मूल्य ४०० रहेको छ।