‘निर्वाचन आयोगले दवावमा पुरुष उम्मेदवारको नाम दर्ता गर्नु खेदजनक’
जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचन आयोगले दवावमा परेर उपराष्ट्रपतिमा पुरुषको नाम दर्ता गरेको दाबी गरेका छन्।
सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादवको नाम दवावमा आएर दाबी गरेको राउतको भनाइ छ। राष्ट्रपतिमा पुरुष निर्वाचित भईसकेपछि उपराष्ट्रपतिमा पुरुषकै उम्मेदवारी दर्ता गर्दा आयोगको विश्वसनीमा प्रश्न उठेको उनले जनाएका छन्।
“निर्वाचन आयोगले संविधानको धारा ३८ (४) उद्धृत गर्दै हरेक हालतमा उपराष्ट्रपतिको उम्मेदबार महिला नै हुनु पर्ने अडान लिएपछि अहिले कुनै पनि दबाव वा प्रभावमा आएर पुरुष उम्मेदबार दर्ता गरिनु अत्यन्त खेदजनक छ”, राउतले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “यसले आयोगको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा गरेको छ। हामी ऊजुरी दिन्छौं।”
जसपाबाट यादव र प्रमिलाकुमारी यादव, नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेका छन्।