रैथाने समूहको ‘ट्राइबल हाट’
रैथाने गीत‚ सङ्गीत र नृत्यको संरक्षण तथा संवर्द्धनमा जुटेको रैथाने सङ्गीत समूहले ‘ट्राइबल हाट’ आयोजना गरेको छ।
आइतबार ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा लिम्बू‚ मगर‚ नेवार र गन्धर्व समुदायको गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। पूर्वी नेपालको ताप्लेजुङबाट आएका सुनीता लाबुङ लिम्बू र खड्क लाबुङले हाक्पारे‚ ख्याली र पालाम गाएका थिए। यस्तै‚ च्याब्रुङ समूहले लिम्बूहरूको परम्परागत नृत्य च्याब्रुङ नाच प्रस्तुत गरेको थियो।
पोखराबाट आएका मगर कलाकारहरूले कौरा नृत्य प्रस्तुत गरेका थिए। काठमाडौंको कीर्तिपुरको तःननि दाफा खलःका कलाकारले नेवार समुदायको परम्परागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा कलाकार बर्त गन्धर्वले सारङ्गी धुनसँगै गीत प्रस्तुत गरेकी थिइन्।

