मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जसपा प्रवेश
मधेश प्रदेश सभाका दुई जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।
महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन्।
आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन्। योसँगै मधेश प्रदेश सभामा जसपाका १८ सांसद पुगेका छन्। यसअघि १६ सांसद रहेका थिए।