हास्य कलाकार आरपी भट्टराई 'लाजालाम'को निधन
हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ ।
विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि आज बिहान उनी ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।
मोरङको मधुमारास्थित जयनेपाल चोकमा घर भएका भट्टराईको निधन हृदयघातको कारणले भएको अनुमान गरिएको छ ।
विभिन्न चलचित्रमा समेत अभिनय गरेका उनले नेपाल टेलिभिजनको चर्चित सिरियल ‘तीतो सत्य’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तितो सत्यबाट उनी 'लाजालाम' का रुपमा चिनिएका थिए ।
उनको एक श्रीमती र दुई छोरा छन् । हाटखोलास्थित सिग्याहा घाटमा दाहसंस्कार गरिने उनका आफन्त हरि भट्टराईले जानकारी गराए ।
रासस