बाजुरामा कांग्रेस र दोलखामा एमाले उम्मेदवारको अग्रता
![बाजुरामा कांग्रेस र दोलखामा एमाले उम्मेदवारको अग्रता](https://www.himalkhabar.com/uploads/posts/800X600/uml_congress_1653281720.jpg)
प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम आउन बाँकी दुई क्षेत्रमध्ये दोलखामा नेकपा (एमाले) र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
आइतबार बिहानसम्मको मतगणना अनुसार, दोलखामा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले एक हजार ७०० मतको अग्रता लिएका छन्। सिवाकोटीले १६ हजार ६२० मत पाएका छन् भने नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले १४ हजार ९३७ मत पाएका छन्।
शुरूआतमा माओवादी उम्मेदवार कार्कीले अग्रता लिएका थिए। गएरातिबाट एमाले उम्मेदवार सिवाकोटीले अग्रता लिएका हुन्।
त्यस्तै, बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डे तीन हजार मतले अगाडि छन्। पाण्डेले २६ हजार ८७४ मत पाएका छन् भने एमालेका कर्णबहादुर थापाले २३ हजार ५८० मत पाएका छन्।
यो क्षेत्रमा शुरूआतदेखि नै पाण्डे अगाडि छन्। उनले अग्रता बढाउँदै लगेका छन्।
विवादका कारण मतगणना ढिलाइ भएको अर्को क्षेत्र स्याङ्जा २ मा भने कांग्रेस उम्मेदवार धनराज गुरुङ निर्वाचित भएका छन्। उनले एमाले उम्मेदवार पद्मा अर्याललाई पराजित गरेका हुन्।