गुल्मी-१ बाट चन्द्रकान्त भण्डारी निर्वाचित
![गुल्मी-१ बाट चन्द्रकान्त भण्डारी निर्वाचित](https://www.himalkhabar.com/uploads/posts/800X600/chandra_bhandari_1669361635.jpg)
गुल्मी-१ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले)का उम्मेदवार प्रदीप ज्ञवालीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। भण्डारीले ३३ हजार ३५८ मत पाए भने ज्ञवालीले ३१ हजार ७२३ मत पाए।
२०७४ सालको निर्वाचनमा भण्डारीलाई पराजित गर्दै ज्ञवाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।