भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
![भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य](https://www.himalkhabar.com/uploads/posts/1575305792petrol.jpg)
इन्डियन आयल कर्पोरेशन लिमिटेडले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गरी कात्तिक १५ गते इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको छ।
पेट्रोलमा प्रति लिटर ६१ पैसा, डिजेलमा पाँच रुपैयाँ ७६ पैसा, मट्टितेलमा चार रुपैयाँ र हवाई इन्धन प्रति लिटर चार रुपैयाँ ७७ पैसा बढेर आएको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य भने केही घटेर आएको छ।
अहिले डिजेल र एलपी ग्यासमा घाटा रहेको र पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा केही नाफा रहेको निगमले जनाएको छ। समग्रमा आगमी १५ दिनमा करीब १८ करोड नाफा हुने निगमले प्रक्षेपण गरेको छ। तथापि, अहिले भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Economics/noc-1.jpg)