एकीकृत समाजवादी र माओवादीबीच एकताको तयारी, संयोजन समिति गठन हुने
नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच एकताको तयारी गरिएको छ। यसका लागि एकता संयोजन समिति गठन हुने भएको छ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको हो। एकीकृत समाजवादी र माओवादीबीच एकताका लागि दुवै पार्टीका नेताहरू सम्मिलित एकता संयोजन समिति गठन गर्ने निर्णय भएको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जनाएका छन्।
केन्द्रीय सचिवालय बैठकपछि महासचिव भुसालले प्रेस विज्ञप्ति जारी गरी एकता संयोजन समितिले दुवै पार्टीबीच एकीकरण गरेर अन्य कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि पहल गर्ने जनाएका छन्।
यससँगै एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ। यसका लागि आठ वटा मापदण्ड तय गरिएका छन्।
उम्मेदवारको सिफारिश तथा छनोट गर्दा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक अचारण राम्रो भएको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती हुनुपर्ने मापदण्ड तोकिएको छ।
यससँगै एकीकृत समाजवादीले कार्यक्षमता राम्रो भएको र सक्रिय हुनुपर्ने तथा समावेशिताको सिद्धान्त विपरीत नहुने मापदण्ड बनाएको छ।
एकीकृत समाजवादीको सचिवालयले गरेका निर्णय: