यस्ता छन् सरकारले गरेका १७ निर्णय
![यस्ता छन् सरकारले गरेका १७ निर्णय](https://www.himalkhabar.com/uploads/posts/800X600/Cabinet_Meeting_1644239728.JPG)
सरकारले नेपाल आयल निगमलाई ऋण दिने सहित विभिन्न १७ वटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले अर्थ मन्त्रालय मार्फत निगमलाई सात अर्ब ऋण दिने निर्णय गरेको हो। निगमले पेट्रोलियम पदार्थ खरीद गरे बापत इन्डियन आयल कर्पोरेशनलाई झण्डै ३० अर्ब तिर्न बाँकी छ।
त्यस्तै, सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले विलासी वस्तुको आयातमा रोक लगाएको छ।
यससँगै सरकारले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुकाे राहत प्रदान गर्ने निर्णय गरेको छ। बर्डफ्लु नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ।
मन्त्रिपरिषद्ले गरेका १७ निर्णय:
![](https://www.himalkhabar.com/uploads/editor/government/cabinet/gov_31_Page_1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/cabinet/gov_31_Page_2.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/government/cabinet/gov_31_Page_3.jpg)