बाढी पिडित दलित बस्तीमा राहत वितरण
बाराको गढीमाई– १० नितनपुरस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।
दुई साताअघि बाढी पसेर डुबानमा परेका २७ घर दलित सुकुम्बासीहरुलाई २५ साउनमा राहत वितरण गरिएको हो ।
बेहरा र नितनपुरबीच रहेको सिर्सियाको पुल छेउमा रहेका २७ घर दलित बस्तीलाई प्रतिघर एक बोरा चामल र लत्ताकपडा राहत स्वरुप प्रदान गरिएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी जयमोद ठाकुरले बताए ।
नरायणी उपक्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मी एवं अन्य दाताहरुबाट संकलित खाद्यान्न तथा लत्ताकपडा संकलन गरिएको थियो ।
लगातारको वर्षापछि ९ साउनमा सिर्सिया खोलामा आएको बाढी पसेर दलित बस्तीमा बिचल्ली भएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज