मन्त्रिपरिषद्ले गर्यो एसपीपी कार्यान्वयन नगर्ने सहित सात निर्णय
सरकारले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को असार ६ गते बसेको बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
मन्त्रिपरिषद् बैठकले अब सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गर्ने निर्णय समेत गरेको छ।
नेपाली सेनाले लेखेको पत्रका आधारमा अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी देशमा राखेको थियो। सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्रका आधारमा चार वटा स्काई ट्रक प्राप्त गरेको थियो।