विपन्न मिर्गौला रोगीलाई नि:शुल्क रूपमा मिर्गौला प्रत्यारोपण गरिने
सबै प्रादेशिक अस्पतालमा थप डायलासिस मशिन खरीद गरिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै प्रादेशिक अस्पतालहरूका लागि डायलासिस मशिन खरीदका लागि रु.२० करोड विनियोजन गरेको घोषणा गरे।
मिर्गौला रोगीहरूको नि:शुल्क प्रत्यारोपणको व्यवस्था मिलाइने पनि अर्थमन्त्री शर्माले बताए। विपन्न मिर्गौला रोगी नागरिकहरूलाई नि:शुल्क रूपमा मिर्गौला प्रत्यारोपणका लागि बजेटमा रु.१० करोड विनियोजन गरिएको छ।
यस्तै, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अङ्ग प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानका रूपमा विकास गरिने पनि बजेटले घोषणा गरेको छ।