बुटवल नाच्दै गाउँदै प्रदर्शन
संविधान संशोधन विरुद्ध छ दिनदेखि बन्द बुटवलमा २० मंसिरमा पनि प्रदर्शन भएको छ । यहाँका बासिन्दाले गायक बद्री पंगेनीसँगै नाच्दै गाउँदै प्रदर्शन गरेका छन् ।
बुटवल मिलनचोक पुगेका गायक पंगेनीले ‘शान्ति क्षितिज पारी छ, आन्दोलन अझै जारी छ’ बोलको गीत गाएर प्रदर्शनकारीहरुलाई हौस्याए । ५ नम्बर प्रदेश टुक्र्याउने संशोधन विधेयकको विरोध गर्दै भैरव युवा क्लब र गुल्मी बलेटक्सार बुटवल सम्पर्क समाजले आयोजना गरेको सास्कृतिक कार्यक्रममा गायक पंगेनीले ‘५ नम्बरले भने झै भाको छैन है’ भन्दी गीत गाएका थिए ।
प्रदर्शनमा राजनीतिक दलका नेता कार्यकता, उद्योगी व्यवसायी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । लगातारको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
दीपक ज्ञवाली, बुटवल