कोरोनाबाट तीन जनाको मृत्यु, १२७ मा सङ्क्रमण
कोरोनाभाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ भने १२७ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको ज्यान गएको हो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९४१ पुगेको छ।
त्यस्तै, आज ६ हजार ८७४ जनाको स्वाब परीक्षण गर्दा १२७ जनामा सङ्क्रमण पुष्टि भएको छ। मंगलबार १५८ जनामा कोरोना देखिएको थियो।
आज चार हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जनामा र दुई हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३२१ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ५७ हजार ४८८ पुगेको छ। अझै सात हजार ७७० सक्रिय सङ्क्रमित छन्।