व्याख्यात्मक घोषणा, शाकाहारीले किताबको माछा पो खानु हुन्न खोलाको माछा हुन्छ भने जस्तो होः ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अनुमोदन गर्दाको व्याख्यात्मक घोषणालाई सत्ता गठबन्धनको लाज छोप्ने पातलो च्यादर भएको बताएका छन्।
पूर्व प्रधानमन्त्री ओलीले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने, “यो व्याख्यात्मक घोषणा शाकाहारीले किताबको माछा पो खानु हुन्न, खोलाको माछा त खानुहुन्छ भन्ने जस्तै हो।”
सत्तारूढ दलले एमसीसीलाई अनावश्यक रूपमा गिजोलेको ओलीको आरोप छ। द्विपक्षीय सम्झौतालाई भूराजनीतिको विषय बनाएको ओलीको टिप्पणी छ।