फाेनपेको योजना अन्तर्गत ३० जनाले पाए आइफोन १३
भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ।
३१ असोजदेखि १६ पुससम्म सञ्चालन हुनेगरी ल्याएको योजनामा हालसम्म ३० जनाले आइफोन १३ प्राप्त गरेका छन्।
योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तर ब्यांक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्दै आएका छन्। बम्पर उपहारमा एक जनाले कार पाउनेछन्।
फोनपे नेटवर्कमा ६० वटा ब्यांक तथा वित्तीय संस्था आबद्ध छन्।