खुला केन्द्रीय सदस्यमा चर्चित उम्मेदवार नै अगाडि
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा चर्चित उम्मेदवार नै अगाडि देखिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक तिहाइभन्दा बढी मत गणना भएको छ। पहिलो नम्बरमा रहेका डा. शशांक कोइरालाले १५८९ गन्दा १३१३ मत पाएका छन्।
दोस्रो नम्बरमा एनपी साउद छन्। उनले १०२२ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका बालकृष्ण खाँणले ९७५ मत प्राप्त गरेका छन्।
नौ जनाले ९०० भन्दा बढी मत पाएका छन्। जसमा रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, उदय शम्शेर राणा, रामहरि खतिवडा र अर्जुन नरसिंह केसी छन्।
त्यस्तै, जिप छिरिङ लामा, गोपालमान श्रेष्ठ, गोविन्द भट्टराई, रामशरण महत, बलबहादुर केसी, जितजंग बस्नेत, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडू, सुनिलबहादुर थापा, पद्मनारायण चौधरी र मोहनबहादुर बस्नेत पनि ३५ भित्र छन्।
उनीहरुसँगै दिपक गिरी, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, राजिव बढुंगाना, मोहन आचार्य, वीरेन्द्रकुमार कनौडिया, गणेश लामा, कृष्णकिशोर घिमिरे, दिनेश कोइराला, गोपाल दहित, मदनबहादुर अमात्य र अजयबाबु शविकोटी पनि ३५ भित्र अटाएका छन्।
कांग्रेसमा खुलातर्फबाट ३५ केन्द्रीय सदस्य निर्वाचित हुनेछ। यसका लागि ९९ जना प्रतिस्पर्धामा छन्। केन्द्रीय सदस्यका लागि ४६७२ मत खसेको निर्वाचन समितिले जनाएको छ।
३५ भित्र परेका उम्मदेवारको मत: