खुला केन्द्रीय सदस्यको १५८९ मत गन्दा कसको कति?
नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मत गणनामा डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार राति साढे ८ बजेसम्म १५८९ मत गणना भएका छन्। जसमा डा. कोइराला १३१३ मतसहित पहिलो नम्बरमा रहेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपमा केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। १२ वटा समूहमा मतगणना भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
यहि गतिमा गणना हुँदा आइतबार बिहानसम्म नतिजा आउने अनुमान गरिएको छ। केन्द्रीय सदस्यका लागि ४६७२ मत खसेको जनाइएको छ।
केन्द्रीय सदस्यका ९९ उम्मेदवारले पाएको मत: