म कुनै पदमा उम्मेदवारी दिन्नँ : सीतादेवी यादव
![म कुनै पदमा उम्मेदवारी दिन्नँ : सीतादेवी यादव](https://www.himalkhabar.com/uploads/posts/800X600/Sita-devi-Yadav_1598703972.jpg)
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले १४औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी नदिने बताएकी छन्।
शुक्रबार कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोषाध्यक्ष यादवले उम्मेदवार बन्ने पक्षमा नरहेको बताइन्। “सबै मिलेर महाधिवेशन सफल पारौं, राम्रो नेतृत्व चयन गरौं,” यादवले भनिन्, “म कुनै पदमा उम्मेदवारी दिन्नँ।”
उनले आफ्नो कार्यकालमा पार्टी कार्यकर्ताले बुझाएको शुल्क जोगाएर राखेको बताइन्। अहिले १० करोड मुद्दतिमा र २ करोड बचत खातामा रहेको उनले जानकारी दिइन्।