जनताले नेतालाई चोर भन्न थालेका छन् : राजेन्द्र लिङ्देन
![जनताले नेतालाई चोर भन्न थालेका छन् : राजेन्द्र लिङ्देन](https://www.himalkhabar.com/uploads/posts/800X600/rajendra-lendeng_1626599959.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई चोर भन्न थालेको बताएका छन्।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै लिङ्देनले नेताले जनताको विश्वास गुमाएको बताए। “पहिले गाउँमा जाँदा कुन नेता आनुभएको छ भन्ने थरिन्थ्यो,” लिङ्देनले भने, “अहिले कुन चोर आएछ भन्ने गरेका छन्।”
यस्तो अवस्थामा आउनुमा सबै नेता दोषी रहेको उनको भनाइ थियो। नेताहरूले ठीक ढंगले काम नगर्दा सबैतिर लथालिङ्ग भएको लिङ्देनले बताए।
“सरकार सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन। यो सबलाई ठीक बनाउने राजनीति पनि ठीक छैन,” लिङ्देनले भने, “राजनीतिलाई ठीक बनाउने नेताले पनि विश्वास गुमाएका छन्।”
अब सबै एकजुट भएर यो अवस्था परिवर्तन गर्न लाग्नुपर्ने उनको भनाई थियो। यसका लागि राजसंस्थासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने लिङदेनले जिकिर गरे।