प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्ध खोप अभियानका लागि सञ्चालित खोप केन्द्रको अनुगमन गरेका छन्।
उनी सोमबार बिहान जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालस्थित खोप केन्द्र पुगेका हुन्। आजबाट ५० देखि ५४ वर्षसम्मका नागरिकलाई जोन्सन एन्ड जोन्सनको खोप लगाउन थालिएको छ। यो खोप एक डोज दिए पुग्छ। अमेरिकाले अनुदानमा १५ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप दिएको थियो।
खोप केन्द्रको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता सबैलाई खोप दिनु भएको बताए। उनले भने, “सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप हो।”
प्रधानमन्त्री देउवाले सहज रूपमा खोप लगाउने प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।