ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।
अध्यक्ष ओलीले आइतबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा स्थायी कमिटी बैठक बोलाएका हुन्। शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक च्यासलमै बसेको थियो।
भोलि बस्ने स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ। शुक्रबारको स्थायी कमिटी बैठकमा नेपाल पक्ष सहभागी भएको थिएन।