पूर्वप्रधानमन्त्री खनाल बिरामी, नर्भिक अस्पताल भर्ना
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।
उनलाई आज बिहान ७ः४५ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। खनालको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले स्रोतले जनाएको छ।
पूर्वप्रधानमन्त्री खनाललाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको हो।
उनलाई यसअघि कोभिड–१९ को संक्रमण भएको थियो। त्यतिबेला पनि उनको नर्भिक अस्पतालमा उपचार गरिएको थियो।
कोभिड–१९ मुक्त भएर घरमै आराम गरिरहेका खनाललाई पुनः स्वास्थ्य समस्या देखिएको हो।