ज्येष्ठ नागरिक भत्ता मासिक रु.४ हजार, एक हजारले बढ्यो
सरकारले ज्येष्ठ नागरिक भत्तालाई बढाएर रु. ४ हजार पुर्याएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता बढाइएको बताएका हुन्। अहिले ज्येष्ठ नागरिक भत्ता रु.३ हजार थियो।
सरकारले सबै खालका सामाजिक सुरक्षा भत्तालाई ३३ प्रतिशतले बढाएको छ। सामाजिक सुरक्षा भत्तालाई बजेटले रु.१ खर्ब छुट्याएको छ।