सेनाले दाहसंस्कार गरेका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६८२ पुग्यो
नेपाली सेनाले कोभिड–१९ बाट ज्यान गुमाएका साढे चार हजारभन्दा बढीको शव व्यवस्थापन गरेको छ।
कोभिड–१९ शुरू भएदेखि मंगलबारसम्म चार हजार ६८२ वटा शव व्यवस्थापन गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २८ वैशाखसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ हजार ८४ छ। बुधबार थप १६८ को ज्यान गएको छ।
निर्देशनालयका अनुसार, २२ देखि २८ वैशाखको बीचमा मात्रै दुई हजार ३५० शव व्यवस्थापन गरिएकाे छ।