सुरेन्द्र पाण्डेले ओलीलाई सुझाएका एमाले एकताका दुई सुत्र
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका लागि दुई बुँदे सुझाव दिएका छन्।
एमाले महासचिव ईश्वर पोखरेलको हस्ताक्षरमा सोधिएको स्पष्टीकरणको मंगलबार प्रत्युत्तर पठाउँदै पाण्डेले एकताका लागि सुझाव दिएका हुन्। “पार्टीको एकता जोगाउन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुको कुनै विकल्प छैन,” पाण्डेले लेखेका छन्, “२८ फागुन र त्यसपछिका गुटभेलाका निर्णयलाई बदर गरी पार्टी विधि र विधान अनुसार सञ्चालन गरे मात्र पार्टीको एकता जोगाउन सम्भव हुनेछ।”
‘तपाईँको पत्रबारे’ शीर्षकको प्रत्युत्तरमा नेता पाण्डेले ओलीले आफू पार्टी अध्यक्ष हुनुअघि उठाउने गरेको ‘पार्टीको प्रजातान्त्रीकरण’ को विषय पनि उठाएका छन्। उनले लेखेका छन्, “तपाईँ अध्यक्ष हुनुभन्दा पहिला तपाईँ स्वयंले भन्ने गरेको तथाकथित ‘पार्टीको प्रजातान्त्रीकरण’ लाई तपाईँ के जवाफ दिनुुहुन्छ?”
अर्का नेता घनश्याम भुसालले पनि स्पष्टीकरणको जवाफ पठाएका छन्। यसअघि जवाफ पठाएका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई भने ओलीले ६ महीनाका लागि पार्टी सदस्यता समेतबाट निलम्बन गरेका छन्। नेता नेपाल, रावल, पाण्डे र भुसाललाई ८ चैतमा स्पष्टीकरण सोधिएको थियो।
सुरेन्द्र पाण्डेले दिएकाे जवाफकाे पूर्णपाठ :