पाल्पामा ६ दलको संयुक्त आन्दोलन घोषणा
संविधान संशोधन विधेयकको विरोधमा पाल्पामा उद्योग वाणिज्य संघ र ६ राजनीतिक दलले संयुक्त आन्दोलन शुरु गरेका छन् ।
जिल्लाका नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले, अखण्ड नेपाल पार्टी र उद्योग वाणिज्यसंघले संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनीहरुले आज, १५ मंसीरदेखि बजार बन्द र विरोध प्रदर्शन, १६ गते वृहत भेला, १७ गते बुटवलमा प्रदेशस्तरीय सभा र १८ गते पाल्पा बन्दको कार्यक्रम घोषणा गरेका छन् ।