गृहमन्त्री थापा ओली समूहको बैठकमा सहभागी
गृहमन्त्री रामबहादुर थापा नेकपाको केपी शर्मा ओली समूहको बैठकमा सहभागी भएका छन्।
आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा ओली र दाहाल–नेपाल समूहमा विभाजन भएको छ। तर, गृहमन्त्री थापा भने बुधबारसम्म कुनै पनि समूहमा गएका थिएनन्।
बुधबार थापाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीसँग भेट गरेका थिए। त्यसपछि आज ओली समूहको केन्द्रीय कमिटीको बैठकमा उनी सहभागी भएको एक केन्द्रीय सदस्यले बताए।
बालुवाटारमा दिउँसो १ बजे शुरू हुने भनिएको बैठक केही ढिला गरी शुरू भएको छ।
पूर्वमाओवादी तर्फका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा यसअघि नै ओली समूहमा गइसकेका छन्।