उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले लिए शपथ
![उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले लिए शपथ](https://www.himalkhabar.com/uploads/posts/800X600/udhyog_banijya_mahasangh_ko_sapath_(2)_1606657785.jpg)
नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनीयताको शपथ गराइन्। अध्यक्ष गोल्छाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको ग्रहण गराएका थिए।
११ देखि १३ मंसीरसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो। गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका छन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ।
गोल्छा साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए। शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकालसहित उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र संघाइत निर्वाचित आइतबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/udhyog%20banijya%20mahasangh%20ko%20sapath%20%281%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Tourism/udhyog%20banijya%20mahasangh%20ko%20sapath%20%283%29.jpg)