नेपाललाई ट्रान्जिट बनाएर विदेश जान रोक
अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर विदेश जान रोक लगाएको छ। कोभिड-१९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर १५ वैशाख मध्यरातिबाट लागू हुनेगरी विभागले राेक लगाएकाे हो।
तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आएर त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गर्न रोकिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।
कोरोनाभाइरस संक्रमणका कारण साउदी अरब, हङकङसहितका देशले भारतबाट हुने सीधा उडान रोकेपछि पछिल्ला महीनाहरूमा भारतीय नागरिकहरू त्रिभुवन विमानस्थल प्रयोग गरेर ती देश जाने क्रम मौलाएको थियो।
भारतीय नागरिकहरूले खाडी मुलुकसहितका देश जान काठमाडौंको बाटो प्रयोग गर्दा दिल्ली-काठमाडौं हवाई उडानमा यात्रुको चाप ह्वात्तै बढेको थियो। यसले नेपालमा कोभिड-१९ संक्रमणको जोखिम बढाएको थियो।