प्रधानमन्त्री ओलीले पारिवारिक रुपमा मनाए विजयादशमी
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैं पारिवारिक रुपमा मात्रै मनाएका छन्। कोरोनाभाइरस संक्रमण महामारीका कारण प्रधानमन्त्री ओलीले विजयादशमीको टीका परिवारमै सीमित भई लगाएका हुन्।
प्रधानमन्त्री ओलीले टीकाको साइत पारेर श्रीमती राधिका शाक्यलाई बडादशैंकाे टीका लगाइदिएका थिए।
७ कात्तिकमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण महामारीका कारण यस वर्षको दशैं आफू रहेकै स्थानमा तथा पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गरेका थिए।
संक्रमण जोखिमकै कारण यसपाली प्रधानमन्त्री निवासमा हुने बडादशैंको सार्वजनिक टीका कार्यक्रम भएन।