बालुवाटार पुगेर 'रअ' का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटे
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विंग (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयले नै यो भेट सार्वजनिक गरेको हो।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गोयल बुधबार बेलुकी बालुवाटार आएर 'शिष्टाचार भेट गरेको' प्रेस नोट मार्फत सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री ओली र भारतीय गुप्तचर प्रमुखबीचको भेटमा नेपाल र भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा गोयलले आफ्नो धारणा राखेको थापाले जनाएका छन्।
गोयल बुधबार दिउँसो १ बजे भारतीय वायुसेनाको विशेष चार्टर्ड विमान मार्फत काठमाडौं आएका थिए।