वृंदावनमा संसारकै अग्लो मन्दिर बन्दै
भारत, उत्तरप्रदेशको वृंदावनमा संसारकै सबैभन्दा अग्लो धामिृक भवन ‘चन्द्रोदय मन्दिर’ निर्माण हुँदैछ ।
चन्द्रोदय मन्दिर दुई सय मिटर भन्दा बढी अग्लो हुनेछ । साढे पाँच एकड क्षेत्रमा बन्न लागेको यो मन्दिरमा ७० तल्ला हुनेछन् ।
अहिलेसम्म संसारको सबैभन्दा अग्लो धार्मिक निर्माण १२८.८ मिटर अग्ला मिस्रका पिरामिड हुन । त्यस्तै भेटिकनको सेन्ट पिटर ब्यासेलिका १२८.६ मिटर अग्लो छ ।
कृष्णभक्तहरुको यो मन्दिरको डिजाइन थ्रोनटन टोमासेट्टी भन्ने संस्थाले गरेको हो । मलेशियाको पेट्रोनास टावर, ताइवानको ताइपे १०१ र विश्वको सबैभन्दा अग्लो सउदी अरबको जेद्दा टावरको निर्माणसँग यो संस्था जोडिएको छ ।
मन्दिर निर्माण भने कृष्णभक्तहरुको संगठन इस्कन बेंगलोरले गराइरहेको हो ।
रकेटको आकारको चन्द्रोदय मन्दिर भूकम्प प्रतिरोध हुनेछ । यसको निर्माणमा ४५ लाख घन फिट कंक्रिट र करिब २५ हजार टन फलामको लाग्ने छ ।
बीबीसीबाट साभार