भरतराज पौड्याल परराष्ट्र सचिवमा बढुवा, सम्हाले पदभार
सरकारले परराष्ट्र सचिवको जिम्मेवारी भरतराज पौड्याललाई दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो।
परराष्ट्र सचिव शंकरदास बैरागी नेपाल सरकारको मुख्यसचिव नियुक्त भएपछि परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त थियो। त्यसयता पौड्यालले नै निमित्त सचिवको भूमिका बहन गर्दै आएका थिए।
सचिवमा बढुवा भएका पौड्यालले शुक्रबार पदभार सम्हालेका छन्।