विश्व बजार सम्मेलन २१–२३ कात्तिकमा हुने, सहभागिताका लागि आवेदन आह्वान
![विश्व बजार सम्मेलन २१–२३ कात्तिकमा हुने, सहभागिताका लागि आवेदन आह्वान](https://www.himalkhabar.com/uploads/posts/800X600/WorldMarketingSummitPoster_1602139408.jpg)
बजार व्यवस्थापनको वार्षिक विश्व सम्मेलन ‘वर्ल्ड मार्केटिङ समिट’ यो वर्ष २१–२३ कात्तिकमा हुने भएको छ। कोभिड–१९ महामारीका कारण भर्चुअल माध्यमबाट हुने यो वर्षको सम्मेलनमा मार्केटिङसँग सम्बन्धित ७० भन्दा बढी विषयमा विशेषज्ञहरुले आफ्ना प्रस्तुति गर्नेछन्।
यो वर्षको सम्मेलन महामारीले निम्त्याएको विश्वव्यापी संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछ। ४८ घण्टा निरन्तर चल्ने यस सम्मेलनलाई सहभागीहरुले लाइभ तथा रेकर्डेड दुई वटै भर्सनमा हेर्न पाउनेछन्।
बजारशास्त्रको ज्ञाता प्रोफेसर फिलिप कोट्लरले स्थापना गरेको वर्ल्ड मार्केटिङ समिटमा बजारशास्त्रका अभ्यासकर्ता, व्यवस्थापक, विद्यार्थी तथा यो विधामा रुचि भएकाले सहभागिता जनाउँदै आएका छन्।
समिटले यो संस्करणको नेपाल प्रतिनिधिका रुपमा असेन्डिफ्लाई म्यानेजमेन्टलाई नियुक्त गरेको छ। असेन्डिफ्लाई म्यानेजमेन्टले समिटमा सहभागिता जनाउन इच्छुकलाई आवेदन दिन अनुरोध गरेको छ। असेन्डिफ्लाई म्यानेजमेन्टको वेबसाइट वा सामाजिक सञ्जाल मार्फत आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ।
असेन्डिफ्लाई म्यानेजमेन्टलाई यस कार्यक्रमका लागि स्टार्टअप पार्टनरको रुपमा अन्तरप्रेरणा र अपस्किलिङ पार्टनरको रुपमा जब डाइनामिक्सले साथ दिएका छन्।